काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय