४ श्रावण २०७८
सौराहा स्थित सपना भिलेज सोसिएल इम्प्याक्टले रत्ननगरका बाढी पिडितलाई राहत वितरण गरेको छ ।
रत्ननगर ७ का ४४ त्यस्तै वार्ड नम्बर ८ का २६ घर धुरीलाई राहत वितरण गरिएको हो इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले प्रत्यक घर धुरीलाई २० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, १ पोका नुन वितरण गरेका हुन् ।

गत असार १७ गते बुढीराप्ती खोलामा आएको बाढी पसेर डुबानमा परेका वडा नम्बर ७ लौखानिका बाढी पिडित र वार्ड नम्बर ८ को रमाईलो सुकुम्वासी बस्तीका विपन्न परिवारलाई राहत वितरण गरिएको गिरीले जानकारी दिए ।

घरमा अन्न सकिएर भोक भोकै बस्ने अवस्था आए पछि सम्वन्धित वडा कार्यालयको आग्रहमा राहत वितरण गरिएको हो । कार्यक्रममा वार्ड नम्बर ७ का वडा सदस्य हरु जियनी महतो, भवन्ती माझि, सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेत, भिलेजका कर्मचारी अनिल अर्याल लगाएतको उपस्थिती रहेको थियो ।

त्यस्तै सपना भिलेजले अपाङ्गता भएका जिरौना निवासी रुद्र पाण्डेलाई व्हिलचियर प्रदान गरेको छ । शहिद स्मृती वहुमुखी क्याम्पस टाडीमा बि एस डब्लु तेश्रो वर्षमा अध्यनरत पाण्डेले व्हिलचियर पाउदा खुसि लागेको भन्दै आफुलाई कलेज आवत जावत गर्न ट्राई साईकलको खाचो रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय