चितवन : पूर्वी चितवनमा गैंडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका ११ स्थित सितल टोलका ७५ बर्षिय रोहिका कुमाल रहेका छ ।

आज (आइतबार) दिउसो साढे २ बजेको समयमा रत्ननगर नगरपालिका ११ स्थित पन्चकन्या सामुदायिक बनमा न्युरो टिप्न जांदा कुमाल गैंडाको आक्रमणमा परि गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि भरतपुर अस्पताल ल्याईएको थियो ।

उपचारको क्रममा भरतपुर अस्पतालमा पौने ४ बजे कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय