चितवन : चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बिहीबार) आदेश जारी गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरण नभएकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको बताए ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमणको जोखिम यस जिल्लामा अझै सम्म पनि उच्च रहेको तथा यस जिल्लामा कोभिड -१ ९ को नयाँ भेरियन्ट ( डेल्टा भेरियन्ट ) समेत पुष्टि भैसकेको हुंदा उक्त संकमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड १ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८।०३।३१ गते राती १२:०० बजे देखि मिति २०७८।०४।०७ गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।

क ) संचालन गर्न नपाइने सेवा तथा कार्य :

भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा , सम्मेलन , सेमिनार , जात्रा , महोत्सव सञ्चालन ।
सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , फिटनेस सेन्टर , जिमखाना , स्पा , स्वीमिङ्ग पुल , ब्युटीपार्लर तथा सैलुन सञ्चालन ।
विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठनापाठन लगायतका शैक्षिक गतिविधि सञ्चालन ।
विभिन्न संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । तर घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा बढीमा १५ जनामा नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरी गर्ने ।
मठ , मन्दिर , मस्जिद , गुम्बा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।
ख ) संचालन गर्न पाइने सेवा तथा कार्य :

औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल एग्रोभेट तथा भेटेरीनरी औषधि पसल , पुस्तक तथा स्टेशनरी पसल सञ्चालन ।
जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्ने । बढि भिडभाड हुने कार्यालयहरूले हप्ताको बार अनुसार फरक / फरक बार सेवाप्रवाह हुने स्थानीय तह तोकी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई सेवाप्रवाह गर्ने ।
खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछामासु , अण्डा , चल्ला , दाना , खाना पकाउने ग्याँस सम्बन्धी पसल , एग्रोभेट , बिउबिजन , रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक रुपमा सञ्चालन गर्न पाइने ।
इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल , भाँडा पसल , कपडा पसल , फेन्सी पसल , कस्मेटिक तथा गिफ्ट पसल , सुनचाँदी पसल , पुजा सामाग्री पसल , फर्निचर तथा फर्निसिङ , अटोमोबाइल , मोटरपार्ट्स , जुत्ता चप्पल , टेलरिङ , प्रेस तथा फोटोकपी पसल , वर्कशप , निर्माण सामग्री बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन गर्न पाइने ।
खाजा घर , रेष्टुरेण्टर मिठाई पसलहरु वेलुकी ७:०० बजे सम्म सञ्चालन गर्ने पाइने ।
जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक , वित्तीय संस्था , सहकारी , विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने ।
उद्योग / कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको परिक्षणको व्यवस्था गर्ने ।
होटेल / लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंकमण गर्ने
ग ) संचालन गर्न पाइने सवारी साधनहरु :

अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु , खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु , मालवाहक सवारी साधनहरु , सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।
समाचार संकलनासंप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।
अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।
राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।
५. जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा जोर गते जोर नम्वर र विजोर गते विजोर नम्बरका सवारी साधनमा देहायका मापदण्ड गर्ने गरी सञ्चालन गर्ने:

सिट क्षमता भन्दा बढी यात्रु नराख्ने
सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने
मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने
चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने
सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने
अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमण ( Disinfection ) गर्ने ।
६. तोकिएको मापदण्ड पुरा गरी संचालन गरिने पूर्व निर्धारित परीक्षाको हकमा :

२५ जना भन्दा बढी परिक्षार्थीहरु भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने
एकै दिनमा २५ जना भन्दा बढी परिक्षार्थी जम्मा हुने अवस्था भएमा Shift wise परीक्षा सञ्चालन गर्ने ।
परीक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भए पश्चात मापदण्ड बमोजिमको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउने
एउटा Shift का सबै परिक्षार्थीहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिए पछि मात्र अर्को Shift सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने
परीक्षा सञ्चालनको क्रममा जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक shift मा परीक्षा हल अनिवार्य रुपमा निसंक्रमण ( Disinfection ) गर्ने
घ ) संक्रमण दर घट / बढ भएमा यस आदेशमा भएका व्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ ।

ङ ) साथै उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनबासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।

च ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय