चितवन,असार ३०

कालिका नगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठको विशेष पहलमा आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहित बागमति प्रदेश भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामा, आन्तरिक मामीला तथा कानुन मन्त्री केशबराज पाण्डे, प्रदेश सांसद घनश्याम दाहाल लगाएतले सिद्धिको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

सोहि कार्यक्रममा बोल्दै कालिकाका मेयर श्रेष्ठले सिद्धिलाई पुनर्निर्माण गरिने बताउदै यसका लागी प्रदेश सरकारको सहयोग अति आवश्यक साथै महत्वपुर्ण रहेको वताए । सिद्धि पर्यटकिय दृष्टिले समेत महत्वपुर्ण रहेको भन्दै यहाको मौलिकपनलाई जोगाउन आफुले कुनै कसर नछोड्ने श्रेष्ठले चित्रवन अनलाईनलाई बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरोले घरहरु पुरिएको अबस्थामा रहेकोे र सडकहरु अवरुद्ध भएकोले तत्कालै घरहरुलाई वस्ने वनाउन र सडक मर्मत गर्नको लागी नगरपालिकालाई रकम उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । उनले तत्कालै गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिदै क्षती भएको यथार्थ विवरण अनुसारको उचित क्षतीपुर्ति उपलब्ध गराउन र आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको वताए ।

निरीक्षण टोलीमा रहेका बागमति प्रदेश भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बाढीपहिरोले क्षती पुगेको ठाउँ देखेपछि दुखी भएको भन्दै दिर्घकालीन समाधान खोज्नुपर्ने वताउदै सिद्धीलाई पहिलेको अवस्थामा फर्काउन सवैले आ-आफ्नो ठाउँवाट सहयोग गर्नुपर्ने वताए ।

त्यस्तै आन्तरिक मामीला तथा कानुन मन्त्री केशबराज पाण्डेले क्षतीको बारेमा जानकार रहेको भन्दै तिन तहको सरकारले आवश्यक सहयोगको लागी काम गरिरहेको जानकारी दिए । पाण्डेले आगामाी दिनमा सिद्धीमा अहिले भएको जस्तो घटना नदोहोरीनका लागी तटवन्धन लगायत अन्य दिर्घकालीन समाधानको विषयमा छलफल गरेर उचित निर्णय लिने प्रतिवद्धता ब्यक्त गरे ।

बाढीपहीरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश सांसद घनश्याम दाहाल,मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार जगन्नाथ थपलिया,भुमिहीन,अब्यवस्थित तथा सुकुम्वासी आयोग चितवनका अध्यक्ष यादव पाठक,स्थानिय जनप्रतिनिधी लगायतको उपस्थिीत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय