चितवन : आज चितवनमा ६७५ जनाको पिसिआर परिक्षण गर्दा १०७ र १६३ को एन्टिजेन परिक्षण गर्दा ५८ जना गरि थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १०१, खैरहनिमा १५, माडि ८, रत्ननगरमा २४ ,राप्तीमा १५, र कालिकमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६८ जनाको आइसियुमा , जसमध्ये १७ जनाको भेन्टिलेटर र ३८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२५५ जना रहेका छन।

मृत्यु भएका मध्ये नवलपुरका २,लमजुङ १ र मकवानपुरका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८७ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय