चितवन : नारायणगढ मुग्लिन सडक खण्डको सेतिदोभान फेरि पहिरो गएको छ । जसका कारण केहि समय अगाडी मात्रै खुलेको सडक फेरि अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
सडकखन्डको सेतिदोभान भन्ने स्थानमा माटो र ढुंगा सहितको पहिरो आएकोमा जेसिवीले सफा गर्दा पनि लगातार झरिरहेकोले सवारी आवागमनमा अवरोध आएको छ । यसअघि गएराती १० : २५ बजे भरतपुर महानरगालिका २९ सेती दोभानमा पहिरो खस्दा दुवै तर्फ सडक अवरुद्ध बनेको सडक पहिरो देखि पहिरो पन्छाई दिउसो ४ बजे मात्रै दुईतर्फी सञ्चलानमा आएको छ । वर्षासगैँ यतिवेला ठाँउ ठाँउमा पहिरो जादाँ यस सडकमा आवतजावत गर्ने यात्री समस्यामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय