काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेनसहित १० हजार १३३ नमुना परीक्षण गरिएकोमा थप २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८३७ जनाको पीसीआर परीक्षण र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ३२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय