चितवन : चितवनमा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
लगातारको बर्षाले चितवनको पहाडी क्षेत्र राप्ती– १२ पर्खालस्थितमा आज विहान सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन् भने एकजना पुरुषको शव फेला परेको हो ।

शवको सनाखत हुन नसकेको राप्ती नगरपालिका– १२ का वडाअध्यक्ष अर्जुन प्रजाले जानकारी दिए । वडा अध्यक्ष प्रजाका अनुसार घटनास्थलमा अहिलेसम्म उद्धार टोली पुग्न सकेको छैन । ‘अहिलेसम्म खोला बढेकाले एक गाउँबाट अर्को गाउँमा पुग्ने अवस्था छैन’ वडाअध्यक्ष प्रजाले भने ‘घटनास्थलमा उद्धारटोली जान सकेको छैन ’ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्यबहादुर थापाले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जानकारी दिए ।
त्यस्तै चितवनकै कालिका नगरापलिकामा पनि पहिरोमा परि एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका –११ दानेटारका ५२ वर्षिय ज्ञानबहादुर चेपाङको मृत्यु भएको हो । आफन्तको घरमा जाने क्रममा बाटोमा पहिरोले बगाएर कालिकाकै घैयावारीस्थित खोलाको छेउमा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय