खैरहनी । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड भन्दा वढिको वजेट ल्याएको छ । आगामी वर्षका लागि ९० करोड ७२ लाख बरावरको वजेट ल्याएको हो । नगरपालिकाको आज विहीवार सम्पन्न नवौ नगर सभामा उपप्रमुख सुनिता थपलियाले आर्थिक वर्ष २०७८÷७९ का लागि वजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत वजेट सर्वसम्मतले पारित भएको छ । प्रस्तुत वजेट अनुसार कुल खर्च मध्ये चालु तर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगत तर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा ५ लाख रुपैयाँ छ । वजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरीक आय १४ करोड ६५ लाख रहेको वताईन् ।

जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड,संघीय सरकार शशर्त अनुदा २३ करोड ६ लाख,संघीय सरकार समानिकरण अनुदान १७ करोड २० लाख,संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ९ करोड ५५ लाख,संरक्षित वन रोयल्टीबाट ३० लाख,संघीय सरकार विषेश अनुदान १ करोड २५ लाख आम्दानी हुने उनले वताईन् । त्यस्तै प्रदेश सरकार सशर्त अनुदान ३ करोड ६१ लाख,प्रदेश सरकार समानिकरण अनुदान १ करोड ४९ लाख,प्रदेश सरकारबाट वाँडफाँड भई प्राप्त हुने रकम ५ करोड ९८ लाख,प्रदेश सरकार समपुरक अनुदान १ करोड ४९ लाख,सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख,तरकारी तथा फलफुल मुल्य श्रृंखला विकास आयोजनाबाट १० लाख र चालु वर्षको वैंक मौज्दात १० करोड गरि कुल ९० करोड ७२ लाख ६३ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ ।

खैरहनी नगरपालिकाले आगामी वर्ष आर्थिक क्षेत्रका कार्यक्रम संचालनका लागि कुल १४ करोड ८५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासमा कृषि विकास कार्यक्रम संचालनका लागि ५ करोड ४४ लाख ,पशु विकास कार्यक्रमका लागि २ करोड ८० लाख, जलश्रोत तथा सिंचाईका लागि ५ करोड ४१ लाख,पर्यटन विकासमा ७२ लाख,उद्योग तथा बाणिज्यका लागि ४० लाख,सहकारी विकासका लागि ८ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास क्षेत्रको कार्यक्रम संचालन गर्न ३० करोड २१ लाख ६३ हजार रुपैयाँ वजेट छुट्याईएको छ । सामाजिक विकासको शिक्षा,युवा तथा खेलकुद विकास कार्यक्रम संचालन गर्न १९ करोढ ७८ लाख ५० हजार,स्वास्थ्य तर्फ ६ करोड २३ लाख ,लैंगिक समानता तथा समावेशीकरण अन्र्तगत लक्षित समुह विकास र गरिवी निवारणका लागि २ करोड ६१ लाख,गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लाग २९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत
युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४५ लाख रुपैयाँ विनियोजन गरिएको ।

पूर्वाधार विकासमा सवैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँ,वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड ८१ लाख,सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० कराड ९७ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले वताईन् । नगर सभामा नगर प्रमुख लालमणि चौधरीले प्रस्तुत गरेको आर्थिक र विनियोजन विद्येयक सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय