काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ५५८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै चितवनमा ५६६ जनाको पिसिआर परिक्षण गर्दा ८० र ७८ को एन्टिजेन परिक्षण गर्दा २४ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण आज पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६० खैरहनिमा ९, माडिमा ३,रत्ननगरमा १५, राप्तीमा १९ , कालिकमा ५ र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८६ जनाको आइसियुमा , जसमध्ये २८ जनाको भेन्टिलेटर र ४२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२०० जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका २ जना रहेका छन। यो सगै चितवनमा कुल मृतकको संख्या २७२ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १८ डिस्चार्ज भएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय