काठमाडौं । युरोकप फुटबल २०२० अन्तर्गत इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । गएराति भएको समूह चरणको खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा पुगेको हो ।

समूह ‘डी’मा रहेको इंग्ल्याण्डले चेक रिपब्लिकविरुद्ध खेलको १२औँ मिनेटमा अग्रता लिएको थियो । इङ्ल्यान्डका रहिम स्ट्रर्लिङले गरेको उक्त गोल नै निर्णायक बन्यो । यसअघि समूह चरणका खेलमा इङ्ल्यान्डले क्रोएसियालाई १-० ले पराजित गरेको थियो भने स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।

यता ३ खेलमा ४ अंक जोडेको चेक रिपब्लिक समूहको तेस्रो स्थानमा छ । चेक रिपब्लिकले यसअघि समूह चरणका खेलमा स्कटल्यान्डलाई २-० ले हराएको थियो भने क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको थियो । उत्कृष्ट तेस्रो भएको चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय