चितवन : रत्ननगर-५, मगरटोल निवासी गीता अधिकारीको सोमबार दिउँसो बाघको आक्रमणबाट निधन भएकोमा पर्यटनसँग सरोकार राख्ने संस्थाहरुले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । स्थानीय सरोकारवाला संघसंस्थाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

पर्यटनसँग सरोकार राख्ने सौराहाका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपक खतिवडा, युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामी र बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतबहादुर तामाङद्वारा जारी संयुक्त विज्ञप्तिमा पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय