रत्ननगर : रत्ननगर ५ स्थित जनकौली सामुदायिक बनमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा रत्ननगर ५ कि ३५ बर्षिय गिता श्रेष्ठ अधिकारी रहेको इलाका प्रहरी कार्यलय रत्ननगरले जनाएको छ । न्युरो टिप्न भनेर बनमा गएका ४ महिला मध्य बाघले १ महिलाको ज्यान लिएको हो । स्थानियका अनुसार बिगत केही दिन देखि सो बृद्ध बाघ जनकौली सामुदायिक बन का विभिन्न स्थानमा देखिएको थियो । मध्यान्न साढे १२ बजे बाघले आक्रमण गरेकोमा यो समाचार तयार पार्दा सम्म पनि बाघले सो महिलालाई खाईरहेको छ । सरकारी हात्तीमा निकुन्जको टोलिले सो बाघ धवाउन खोजे पनि बाघ भाग्न मानेको छैन । स्थानिएले सो बाघलाई डार्ट गर्नुपर्ने माग गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय