काठमाडौं : नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ भने ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ८७ आरटी पिसिआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९ सय २ जना र भेन्टिलेटरमा २ सय ८९ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । याेसँगै काेराेना जितेर फर्कनेकाे संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेकाे छ । निकाे हुने दर ८८.५ प्रतिशत रहेकाे छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय