चितवनमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा २ जना, भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा १ गरि ५ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ६ सय ४१ जना कोरोना संक्रमित भएकोमा १२ हजार ६ सय ७९ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ७२९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २३३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय