चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ३ सय ४१ जना कोरोना संक्रमित भएकोमा १२ हजार ८० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् ।

सक्रिय संक्रमित २ हजार ६४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ४ जना, कलेज अफ मेडिकल साइन्सेसमा १ जना, र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ६ जनाको ज्यान गएको हो ।

चितवनका विभिन्न अस्पतालहरुमा आइतबार ३२७ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ११०, चितवन मेडिकल कलेजमा ९६, पुरानो मेडिकल कलेजमा ३३, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १९ जना र अन्य साना अस्पतालमा २८ जना छन् ।

उपचाररत ३२७ जनामध्ये भेन्टिलेटरमा ३५ जना, आइसियूमा १४६ जना, एचडियूमा ४७ जना र जनरल वेडमा १३५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय