काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएकाे हो ।
मूल्य वृद्धि पछि पेट्रोल प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन। निगमले गत जेठ दुई गते पनि इन्धनको मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय