चितवनमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा २ जना,भरतपुर अस्पतालमा १ जना कलेज अफ मेडिकल साइन्सेसमा १ जना र अन्य अस्पतालमा १ जना गरि ५ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार ८६ जना कोरोना संक्रमित भएकोमा ९ हजार ६ सय ८५ जना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ४ हजार १ सय ७७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय