काठमाडौं : नेपालमा ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १५ हजार ५५ पीसीआर र २ हजार ४ सय २५ एन्टिजेन परीक्षणमा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ सय १४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय