चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार कलेज अफ मेडिकल साइन्सेसमा ३ जना ,भरतपुर अस्पतालमा ३ जना, चितवन मेडीकल कलेजमा १ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना गरी ९ जनाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा आज ३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ६५ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय