कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसद सहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दर्ता गरेको छ । दर्ता गरिएको रिटमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ वमोजीम प्रधानमन्त्री नियुक्तका लागी अन्तरिम आदेश दिन माग गरिएको छ । रिट निवेदनमा प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय वदर गर्न पनि माग गरेका छन् । विपक्षी गठबन्धनले सर्वोच्चमा वुझाएको रिटमा नेकपा एमालेको नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन् । रिट निवेदनमा एक सय ४६ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय