चितवन,वैशाख २२
कोरोनाको कारण चितवनमा एकैदिन १० जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ४ जना , चितवन मेडीकल कलेजमा ५ र कलेज अफ मेडिकल साइन्सेसमा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा चितवन जिल्लाका ४ जना रहेको छन भने मकवानपुरको १ जना रुपन्देहीको ४ जना र १ जना नवलपरासीको रहेको जनस्वास्थ कार्यालयले जनाएको छ । जनस्वास्थ कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर