रत्ननगर : लायन्स क्लब अफ सौराहा वाईल्ड लाईफ सिटि छैंठौ वार्षिक साधारण सभा तथा अधिवेसन आज सम्पन्न भएको छ । साधारण सभाले कपिल रेग्मीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । प्रथम, दोश्रो तथा तेश्रो उपाध्यक्षमा क्रमस : रामशरण अधिकारी, गोकर्ण गिरि तथा बिर बहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा भिमलाल आचार्य, कोषाध्यक्षमा अमृत पौडेल तथा सह कोषाध्यक्षमा संजय कुमार ढुंगाना छानिएका छन् ।
सभाले दिपक मरहट्ठा, रमेश रेग्मी र राम बाबु परियारलाई डाइरेक्टर चुनेको छ भने बबिता चौधरी, इश्वरी प्रसाद कट्टेल र भरत बाबु कट्टेललाई क्रमस : मेम्बरसिप ग्रोथ, टेजरर र टेल ट्विस्टरमा छानेको छ ।
नव निर्वाचित अध्यक्ष कपिल रेग्मीले अन्तराष्ट्रिय मान्यता अनुसार सेवाको भावलाई विकसित गर्दै कार्यक्रमहरु तय गरिने जानकारी दिएका छन् ।