काठमाडौं : नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद कृष्णभक्त पोखरेलले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनाल समूह छाडेका छन्।
खनाल(नेपाल समूह अनुपस्थित भएको बैठकमा उपस्थित भएर नेता पोखरेलले ओली नेतृत्वको सरकार ५ बर्ष टिक्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
ुअब पनि छुट्टाछुट्टै दलको बैठक बसेर केही हुँदैन। संसदीय दलको बैठक पटक(पटक नजाने आधार के होरुु उनले भने, ुअब पनि कोठे बैठकको अर्थ छैन, हाम्रो ओली नेतृत्वको सरकार ५ बर्ष टिक्नुपर्छ भन्नेमा छु।ु
उनले माधव नेपालले पार्टी फुटाउन लागेको आरोप लगाएका छन्।
नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगको काम हेर्ने गरेका पोखेरल कानुन व्यवसायी समेत हुन् ।
स्रोतका अनुसार ५ चैत २०७७ मा प्रधानमन्त्री ओलीले बिहान ११ बजे बोलाएको संसदीय दलको बैठकमा खनाल–नेपाल समूहका सांसदहरुले जाने निर्णय गरेका थिए । नेताद्धय खनाल र नेपाल पनि बैठकमा सांसदहरुलाई जान भनेका थिए ।
नेताहरुको निर्देशनपछि धेरै सांसदहरु बालुवाटार हिडेका थिए । तर, उपाध्यक्ष भिम रावलले बैठकमा जान नहुने कडा अडान राखेपछि सांसदहरुलाई बाटैबाट फर्काइएको थियो । ढिलो सूचना हुदा सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेका थिए ।
पोखरेल बैठकमा सहभागी भएर आफ्नो समूहको अडान र विचार स्थापित गर्नु पर्ने पक्षमा उभिएका थिए । यही बिषयमा विवाद भएपछि पोखरेल शनिबार ओली समूहको बैठकमा गएका हुन् ।