नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र इन्टरनेस्नल म्यानेज्मेन्ट ग्रुप (आईएमजी) बिच प्रत्यक्ष प्रसारण सम्झौता भएपछी २०२३ सम्म खेलाईने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने भएका हुन् ।
सम्झौता अनुसार आईएमजीले पुरुष टी २० विश्व कप २०२२, पुरुष एकदिवसिय विश्व कप २०२३ र महिला टी २० विश्वकप २०२३ का सबै विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण गर्ने छ ।
जस अनुसार आईएमजीले ५ सय ४१ खेलहरु प्रत्यक्ष प्रसारण गर्ने छ जसमा महिलाका १ सय ४५ खेलहरु र ८० खेलहरु एसोसीएट राष्ट्रका प्रत्यक्ष प्रसारण हुने छन् ।
आईसीसीका प्रमुख कार्यकारी मनु सोहानीले भने, ‘हामी पहिलेभन्दा बढी प्रशंसकहरु माझ क्रिकेट प्रशारण गर्न पाउदा खुसी छौं । आईएमजीसँगको साझेदारी विश्व क्रिकेटका लागी निकै महत्वपूर्ण कदम हो ’।