काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिनु भएको छ ।
दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दाबी गर्नुभयो । उहाँले निर्मला पन्तका हत्यारालाई पनि सार्वजनिक गर्न प्रहरीलाई निर्देशन दिनु भयो ।
भागरथीको वीभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे पनि खोज अनुसन्धानमा सफल भएकोमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई धन्यवाद दिनुभयो ।
कसैले कुनै प्रकारको दबाब दियो र गलत बाटो हिडाउन खोज्यो भने त्यो गलत बाटो हिड्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।