फाल्गुन ८
श्रीमती हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–५ खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङलाई सिद्दिखोला र मेची खोला दोभान स्थित नेपाल भारत को सिमानाबाट प्रहरी पक्राउ गरेको हो।
उनले गत फागुन २ गते १९ बर्षिय श्रीमती गिता तामाङलाई कुटपिट गरी हत्या गरेका थिए । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरीद्वारा लुकीछिपी बस्न सक्ने एरिया इलाका तथा सिमा नाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटाईएको थियो ।