काठमाण्डौ , फाल्गुन ७
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कारागारमा रहेका १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा हुने भएको छ ।
प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ ।
विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो । यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुने भएको छ ।
आजदेखि लागू हुने गरेर बिर्खहाङ लिम्बुसहितका ४१० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा गर्ने निर्णय भएको हो ।