चितवन , फाल्गुन ४
नेपाल कम्युनष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको दावी गरेका छन ।चितवनको भरतपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्षले ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको दावी गरेका हुन ।
संविधान भत्काएर हुने निर्वाचन अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उहाँको दाबी छ । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उहाँको भनाई थियो ।
अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष दाहालले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताउनुभयो । नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन गर्ने तयारी भएको उहाँको भनाइ छ ।