काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लोकतन्त्र, गणतन्त्रमा सबैले बोल्न पाउने बताउनुभएको छ । बुधबार राजधानीमा भएको नेकपाको बृहत आमसभालाई सम्बोधन गर्दै झाँक्रिले मुखमा लगाएको टेप खोल्दै बोल्न पाउने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो रगत र पसिनाले, हजारौँ सहिदको बलिदानबाट प्राप्त गरेको यो परिवर्तनलाई एकैरातमा च्यातचुत गर्नेका विरुद्ध बोल्छौँ । लोकतन्त्रमा बोल्न कुनै तानशाहले रोक्न सक्दैन ।’ उहाँले भन्नुभयो, ‘ओली कागजी बादसाह हुन । उनी ढलीसके अन्तिम घोषणा मात्र गर्न बाँकी छ ।’ झाँक्रीले एउटा खलपात्रको विरुद्धका बोल्दै गर्दा महिलाको अस्मितामाथि आँच आएको कसले भन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले महिलाको अस्मिता निर्मला, भागरथी, सम्झना लगायतका बालिकाहरु बलाकृत हुँदा चाँहि महिला अस्मिता लुटिएन ? भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘कुनै पनि पदमा लिंग हुँदैन त्यो सार्वजनिक पद हो । अनेमसंघ भन्ने राष्ट्रपति विद्या भण्डारीको प्राइभेज संस्था छ । प्रतिगामी कदमविरुद्ध बोल्दा महिलाको अस्मितामा आँच आयो भन्ने यी संस्थाका मानिसहरु भागीरथीका हत्यारालाई कारबाही गर भनेर गृहमन्त्रालयल पुगेकी पुगेनन् ?