रत्ननगर : जनता समाजबादी पार्टीमा युवाहरुको आर्कषण बढ्दै गएको पूर्वी चितवनका २ सय बढी युवाहरु जसपामा प्रवेश गरे संगै पुष्टि भएको छ । पार्टीको युवा संगठन समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनले रत्ननगरमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस र नेकपा परित्याग गरी २०१ जना युवा समाजबादी पार्टीमा प्रवेश गरेका जनता समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष प्रदिप रेग्मीको जानकारी दिए ।

प्रदेश नं २ का कृषि राज्य मन्त्री तथा समाजबादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्र राय यादब,पार्टीका जिल्ला अध्यक्ष प्रेम भूजेलले टीका र खादा लगाएर युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए । सो अबसरमा मन्त्री यादवले अबको निर्वाचनमा समाजबादी पार्टी अग्रस्थानमा आउने दावी गरे, उनले भने “लोकतन्त्र हत्या गरी तानाशाही लाद्ने काम प्रधानमन्त्री ओली बाट भएको कारण हामि सडकमा आउन बाध्य छौं” ।

कार्यक्रममा बोल्दै जिल्ला संयोजक प्रेम भुजेलले जसपाले युवाहरुलाई क्षमता अनुसारको जिम्वेवारी दीने बताए । कार्यक्रमका अर्का बक्ता संघिय परिषद सदस्य तथा चितवन इन्चार्ज रमेश रेग्मी अमरले भ्रस्टाचार, अनियमितता लगाएतका कुराले मुलुक ध्वस्त बनिरहेको कारण ठुला भनौदा पार्टिहरुले जनताको हक सुरक्षित गर्न नसक्ने बताए ।

पार्टीका केन्द्रिय सदस्य पदम गुरुङले युवा बिचारको पुञ्ज भएको बताउदै अपुरो र अधुरो संबिधानलाई पूर्ण बनाउन जसपा सहायक सिद्ध हुने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य केन्द्रीय सदस्य इन्दु तिवारी,तारा विक,समाजबादी युवा संघका केन्द्रीय सह इन्चार्ज फिरोज मन्सुर मिँया, केन्द्रीय सदस्य ललन ठाकुर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सहइन्चार्ज अजय निरला लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष प्रदिप रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर