चितवन : केपी ओली नेतृत्वले गरेको अलोकतान्त्र्क प्रतिनिधि सभा बिघठन विरुद्ध नेपाली काँङ्ग्रेसले आज चितवनमा वडा तहमा विरोध प्रदर्शन भएको छ । देश भरका वडामा विरोध गर्ने कार्यक्रम अनुरुप नेपाली काँग्रेस चितवनको आव्हानमा जिल्लाका सात स्थानीय तहका ९८ वटा वडामा बिरोध प्रदर्शनका कार्यक्रम भएको हो।
बिरोध सभा हुनु अघि वडा वडामा बिरोध प्रदर्शन समेत गरिएको थियो। प्रत्यक वडामा बिरोध प्रदर्शन पश्चात कोणसभा भएका थिए। नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार ९८ वडामा कम्तिमा १ जना महिला सहित ७ जना सम्म जिल्ला नेताले सम्बोधन गरेका थिए । चितवनमा आज करिव ७० हजार नेता कार्यकर्ता बिरोधका लागी सडकमा उत्रिएका थिए।
सरकारले गरेको असंबैधानिक कदमका बिरुद्धमा काँग्रेसले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । काँग्रेसले जिल्ला, प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडा तहको प्रदर्शनका कार्यक्रम गरेको हो ।
यसैबीच रत्ननगरमा पनि बृहत प्रदर्शन गरिएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले पुष १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा, पुष २५ गते ३३० वटा प्रदेश शभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ वटानै पालीकाहरुलमा बिरोध प्रदर्शन गरेसंगै आज (बिहिवार) वडा स्तरिय बृहत बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमीरेले जानकारी दिए । घिमीरेले केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध ऐक्यवद्धता प्रकटगर्न घरघरबाट सहभागिता जनाएर प्रदर्शनलाई प्रभावकारी वनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गरे ।
सो बिरोध प्रदर्शनमा बोल्ने अधिकांश वक्ताहरुले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना बिपरित कार्य तथा ओली सरकारको रवैया गलत भएको र सरकार असफल पनि भएको भन्दै घोर भत्र्सना गरेका थिए ।