रत्ननगर : पुर्वी चितवन बासीको स्वास्थयलाई मध्यनजर गर्दै रत्ननगर स्थित बैरियामा सुबिधा सम्पन्न पोलिक्लिन सञ्चालमा आउने भएको छ । यहि पुष १५ गतेबाट सञ्चालनमा आउने अंकुरम पोलिक्लिनिकमा बिशेषज्ञ डाक्टरद्धारा चेकजाँच हुने छ । उक्त पोलिक्लिनिकमा दैनिक भरतपुरका विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य पवरिक्षण, २४ सै घण्टा फार्मेसी, आकस्मिक सेवा, प्याथोलोजि सेवा, पेट, छाती, मुटु उच्च रक्तचाप, थाईराईड तथा क्यानसर रोग सेवा प्रदान गरिने पोलिक्लिनिककी डाईरेक्टर अन्जना जोशीले जानकारी दिईन् ।

जोशीका अनुसार बरिष्ट हाडजोर्नी, नशा तथा मेरुदण्ड रोग बिशेषज्ञ, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, शिशु तथा बाल रोग बिशेषज्ञ, मानसिक तथा नशा रोग बिशेषज्ञ, सामान्य शल्यक्रिया सेवा, ईसिजी, नेबुलाईजर सेवा सहित दैनिक भिडियो एक्सरे र सर्जरी ओपीडि सेवा दिईने छ । उक्त पोलिक्लिनिकको शुभारम्भ भरतपुर सरकारी अस्पतालका अध्यक्ष एवम बरिष्ठ फिजिसियन उच्च रक्तचाप मधुमेह तथा मृगौला रोग बिशेषज्ञ डाक्टर भोजराज अधिकारीले गर्नेछन् । साथै उक्त दिन डाक्टर भाेजराज अधिकारी द्वारा बिरामीकाे निशुल्क स्वास्थ परिक्षण हुने छ ।

शुभारम्भको दिनमा बिरामीहरुलाई ओपीडि टिकट निशुल्क गरिएको छ । भने ल्याब परिक्षणमा २० प्रतिशत र भिडियो एक्सरे सेवामा ५० प्रतिशत छुट गरिएको जोशीले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर