मंसिर २२ काठमाडौं ।
नायिका स्वेता खड्का आजबाट वैवाहिक वन्धनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।यसअघि विभिन्न सञ्चारमाध्यममा नायिका खड्काको विवाहको अड्कलवाजी गरिएको थियो तर स्वेताले भने बिहेको अघिल्लो दिन आइतबार मात्रै विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।
विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।
