काठमाडौं, २१ मंसिर : अष्ट्रेलियासँगको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ । उसले आज अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज एक खेल अगावै जितेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि हार्दिक पाण्ड्याले टी–२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट ब्याटिङ गरे । यसअघि उनको टी–२० माउ च्च स्कोर ३३ रन थियो ।
उनले आज २२ बलमा अविजित ४२ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले ४०, शिखर धवनले ५२, केएल राहुलले ३०, सञ्जु सामसनले १२ रनको योगदान दिए ।
यसअघि सिड्नीमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।
अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।
भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
