मंसिर १७
नेपाली क्रिकेट टोलीका सदस्य सन्दिप लामीछाने कोरोना मुक्त भएका छन् । केही दिन अघि कोरोना सक्रंमित भई आइसोलेसनमा वसेका सन्दिप आज कोरोना रिपोर्ट नेगेटिभ आएपछि कोरोना भाइरस वाट मुक्त भएका हुन् ।
सामाजीक संजाल फेसवुक मार्फत जानकारी दिंदै १० दिनको आइसोलेसन पछि कोरोना मुक्त भएकोमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै मैदान फर्केर टिमको लागी राम्रो खेल प्रदर्शन गर्न आतुर रहेको उल्लेख गरेको छन् ।
कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा वसेका सन्दिप केही दिन अघि श्वास प्रश्वासमा समस्या देखीपछि अस्पताल भर्ना भएका थिए ।
