काठमाडौं, मंसिर १६ :
नेपालमा आज थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा दुई हजार ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जना रहेको छ ।
यस्तै आज कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।