रत्ननगर : आफ्नै छोराछोरीको चौरासी पुजा हेर्न पाउने भाग्यमानि बाबुआमा बिरलै भेटिन्छन, तर रत्ननगर ९ निवासी १०३ बर्षिय खगेश्वरि आचार्यले त्यो सौभाग्य प्राप्त गर्नुभएको छ । बाग्लुङ्ग जिल्लामा जन्मनुभई वि.सं. २०२७ सालमा चितवन बसाईसराई गरि आउनुभएको खगेश्वरि आचार्य सो समय देखि नै आफ्नै सन्तानहरुको साथ् रत्ननगर ९ ढिकुवामा बसोबास गर्दै आउनुभएको छ ।
खगेश्वरि आचार्यको जेष्ठ सुपुत्री गीता लक्ष्मी पौडेलको चौरासी पुजामा दिनभर उहा छोरीको गतिविधि हेर्दै हुनुहुन्थियो । आफ्नै छोरीको चौरासी पुजा हेर्दा कस्तो लाग्यो भन्ने हाम्रो प्रश्नमा उहा भन्नुहुन्छ “निकै रमाईलो अनुभुती भैरहेको छ, जेठी छोरीको चौरासी हेरियो अब बाँकी छोरी अनि छोराको चौरासी पनि हेर्छु” ।
खगेश्वरी आचार्यको कान्छी छोरी ८१ बर्ष , जेठो छोरो ७७ बर्ष, माहिलो छोरो ७४ बर्षमा आफ्नो दैनिकी स्वस्थताका साथ् बिताईरहनु भएको छ । २ बर्ष अघि उहाले कान्छो छोरोलाई भने गुमाउनु भएको थियो ।
त्यस्तै उहाका १८ जना नाति, नातिना तथा २ दर्जन बढी पनाति,पनातिना रहेका छन् ।