काठमाडाैं : नेपालमा आज थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा १ हजार ४ सय ४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ रहेको छ ।
यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय ७९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै हिजाे शनिबार १ हजार ३ सय ८० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।