चितवन : अर्किड स्कूल, भरतपुरमा अध्ययनरत कक्षा १० का छात्र अभिमन्यु जोशी’ छैठौं राष्ट्रिय अनलाइन स्क्र्याबल च्याम्पियनशिप २०२०’ मा विजय हासिल गरी आगामी जनवरीमा सम्पन्न हुने’ अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनशिप’का लागि छनौट भएका छन्।
अर्किड स्कूल, चितवनको संयोजनमा सम्पन्न उक्त प्रतियोगिता स्क्र्याबल क्लब पोखराद्वारा आयोजना गरिएको थियो। उक्त राष्ट्रिय प्रतियोगितामा बारा, चितवन, नवलपुर, सिन्धुपाल्चोक, पाल्पा, तनहुँ र पर्वत जिल्लाका २२ जना’ जिल्ला च्याम्पियन’हरुको प्रतिस्पर्धा रहेकोमा’ अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनशिप’मा ‘उत्कृष्ट १०’ छनौट गरिएको स्क्र्याबल क्लब पोखरा, चितवन जिल्ला संयोजक ओमराज मैनालीले बताउनुभयो।
खेलकूद विकास समिति, कास्कीका सचिव प्रकाश बरालको प्रमुख आतिथ्यता र स्क्र्याबल क्लब पोखराका अध्यक्ष केशव प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो।