काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार १ सय ४० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ छ ।

पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर