लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभीमा प्रसारण हुने भएको छ । हिमालय इन्द्रेणीका रुपमा हरेक दिन सााझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने हिमालय टेलिभिजनले जनाएको छ ।

बिगत १० बर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दछ । कोरोना कहरका कारण केही महिना रोकिएको कार्यक्रम अबदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले जानकारी दिए ।

नेपाली लोकगीत संगीतको संरक्षण र प्रर्बद्धन गर्दै संगीतमार्फत् असहाय एवं पिछडीएका मानिसलाई सेवा पनि गर्ने आफ्नो उदेश्य बमोजिम कार्यक्रमलाई स्तरोन्नती गरी एचडी क्वालिटीमा हिमालय टीभीमा प्रसारण गर्न लागिएको कँडेलले बताए । आम दर्शकको सुविधालाई ख्याल गरी प्राइम टाइममै कार्यक्रम प्रसारण गर्न लागिएको उनले बताए ।

इन्द्रेणी लोकगीत संगीतका पारखीमाझ निकै लोकप्रिय छ । देशभरी पुगेर स्थानीय संगीत र प्रतिभाहरुलाई समेत स्थान दिइरहेको इन्द्रेणीले लोकप्रिय कलाकारलाई कार्यक्रम निम्त्याउँदै रोचक दोहोरीसमेत खेलाउँदै आएको छ ।

दर्शकले रुचाएका नम्बर एक कन्टेन्टलाई स्थान दिने नीति अन्र्तगत नै इन्द्रेणीलाई प्राइमटाइम दिएर प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर