यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सविरुद्ध सनराइजर्स हैदराबाद १० विकेटले विजयी भएको छ ।

यो जितसँगै हैदराबाद ‘प्लेअफ’मा समेत प्रवेश गरेको छ । हैदराबादसँगै आईपीएल २०२० को ‘प्लेअफ’मा मुम्बई, दिल्ली र बैंग्लोर प्रवेश गर्न सफल भएका छन् ।

यदि आज हैदराबाद पराजित भएमा कोलकाता नाइट राइडर्स (केकेआर) ‘प्लेअफ’मा प्रवेश गर्ने थियो । तर, हैदराबाद विजयी हुँदा केकेआर समूह चरण बाटै बाहिर भएको छ ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो

उसका लागि ओपनिङ ब्याट्सम्यानद्वय डेविड वार्नर र ऋद्धिमान साहले उत्कष्ट ब्याटिङ गरे । वार्नरले ५८ बलमा १० चौका र १ छक्कासहित अविजित ८५ र साहले ४५ बलमा ७ चौका र एक छक्कासहित नटआउट ५८ रनको योगदान दिए ।

यसअघि शारजाहमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

उसका लागि सूर्यकुमार यादले ३६, इशान किशनले ३३, क्विन्टन डीककले २५ रन नबाए ।

त्यस्तै, किरण पोलार्डले २५ बलमा २ चौका र ४ छक्कासहित ४१ रनको योगदान दिए । पोलार्डले १९ औँ ओभरमा तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए ।

बलिङमा सन्दीप शर्माले ३, जेसन होल्डर, शाहबाज नदीमले २/२ र राशिद खानले विकेट लिए । यो सङै आईपिएलमा प्लेअफमा पुग्ने टोलिको टुंगो लागेको छ । क्वालिफाएर १ मा मुम्बई र डिल्ली त्यस्तै क्वालिफायर २ मा हैदरावाद र बैङ्लोर प्रवेस गरेका छन । क्वालिफायर १ अन्तर्गत मुम्बई र दिल्ली बिहिबार भिड्दै छ्न । जित्ने टोलि फाईनल प्रवेस गर्नेछ भने हार्‍ने टिम बैङ्लोर र हैदरावाद बिरुद्ध जित्ने टोलि सङ फाईनलको लागि प्रतिस्प्रधा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर