काठमाडौं : नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टमा २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

जसमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २ हजार १ सय ७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय