यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

दुबै टिमको यो आठौँ म्याच हो । दिल्लीले सात खेलमा २ मा हार र ५ खेलमा जित हासिल गरेको छ । राजस्थानले ७ मध्ये तीनमा जित र चार खेलमा हारको सामना गरेको छ ।

जारी आईपीएलमा दिल्ली राम्रो लयमा देखिएको छ । यद्यपि पछिल्लो समयमा टिमका महत्वपूर्ण सदस्य घाइते भएपछि दिल्लीलाई केही असर पर्ने देखिन्छ । टिमका स्टार स्पिनर अमित मिश्रा र वीत्र गतिका बलर इशान्त शर्मा चोटका कारण लिगबाटै बाहिरिएका छन् ।

साथै, टिमका अर्का महत्वपूर्ण सदस्य ऋषभ पन्त पनि घाइते छन् । यी खेलाडीको अनुपस्थितिमा दिल्लीले लय गुमाउने सम्भावना पनि छ । मुम्बईविरुद्ध दिल्लीले हार ब्यहोरेकाले आजको खेलमा दिल्लीको अन्तिम ११ मा केही परिवर्तन देख्न पाइने सम्भावना छ ।

यूएईका मैदान स्पिनर अनुकूल भइरहेकाले राजस्थानविरुद्ध दिल्लीले तीन स्पिनरलाई पनि मैदान उतार्न सक्छ । यसो भएमा दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीपले प्लेइङ ११ मौका पाउन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय