हेटौँडा : हेटौँडा लेडि जेसिजको जेसिज सप्ताह अन्तर्गत आज स्लो स्कुटी (रेस) प्रतियोगिता सम्पन्न भएको छ । जेसीज सप्ताह अन्तरगत आइतबार विहान हेटौँडा ९ गुम्बाचोकमा स्लो स्कुटी प्रतियोगिताको आयोजना गरिएको हो।

हेटौँडा लेडि जेसिज सन २०२० कीअध्यक्ष सुशिला पौडेलको सभाध्यक्षतामा भएको प्रतियोगितामा रमना लामा प्रथम, जैसा नेगी द्धितिय र शिखा भट्टराई तृतिय भएकी मुल कार्यक्रम संयोजक श्रृष्टि गोर्खलाले बताईन्। प्रतियोगितामा विजयी भएकाले क्रमशः नगद २५००,२००० र १५०० सहित प्रमाण पत्र प्रदान गरिएको उनले बताइन्।

२६ जना प्रतियोगी सहभागि प्रतियोगितामा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको प्रमुख अतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रहरी निरीक्षक काफ्लले तीव्र गतिका कारणले हुने बढ्दो सवारी दुर्घटना न्यूनिकरण र समाजमा सचेतनाका लागि कार्यक्रम फलदायी भएको बताए ।

भने कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष अस्मिता श्रेष्ठ, निशा रोक्का, गल्फ लुब्रिकेन्टका हिरामणि त्रिताल लगायतकाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर