काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु हुने सबै ८ जनाको शव भेटिएको छ । कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे आएको पहिरोमा ८ जना पुरिएका थिए भने एक जनाको जीवितै उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार पुरिएका सबैको शव भेटिएको बताए । मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् ।

पहिरोमा पुरिएर वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामाको मृत्यु भएको छ । त्यस्तै भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्यु भएको छ ।

घाइते हुने बारु साह भारतीय नागरिक हुन् । उनलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर