काठमाडौ – नेपाली गित संगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका चर्चित युवा गायक गणेश साउँद जिसीको आवाज तथा अहिलेका चर्चित युवा र्यापर कार्की जीको र्याप समेटिएको ‘नयाँ गित ‘4G ko Speed’ सार्वजनिक भएको छ ।

भिडियो गणेश साउँद जिसीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।गायक जिसीको शब्द रचना तथा संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरीयोग्राफ रहेको छ । भिडियोमा मिलन विश्वकर्माको सम्पादन रहेको छ भने नरेश ऐरको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा करिश्मा ढकाल,गणेश साउँद जिसी र र्यापर कार्की जिको अभिनय रहेको छ । पछिल्लाे समय युवाहरूमा चर्चित हुन सफल गायक जिसीले यस अघि विभिन्न गित तथा रचनाहरू बजारमा ल्याई सकेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर