२८ कार्तिक २०७६,
गैडाकोट ।
प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात नै महान हुन्छ भन्ने मूल मर्मका साथ् सामाजिक अभियान्ता रन्जिता गुरुङको अभियान मार्फत गैडाकोट नगरपालिका ३ हर्दिमा निर्माण गरिएको घर आज एक समारोहका बीच भिम बि.क लाई उनकै जन्मदिनको अवसर पारेर हस्तान्तरण गरिएको छ । कार्यक्रममा देशभरका विभिन्न व्यक्तित्व साथै चर्चित युट्युबरहरुको उपस्थिति रहेको थियो । करिब १ बर्ष पहिला चितवनका संचारकर्मी समेत रहेका फ़िल्मिपाटिका सागर ढुंगानाले देवघाटमा माग्दै गरेका भीमलाई देखेपछि उनको अन्तरवार्ता लिएर य़ुट्युबमा अपलोड गरे लगत्तै भीमको चर्चा चुलिएको थियो । त्यसपछिका दिनमा नेपालका थुप्रै चर्चित युट्युबर तथा हास्य टेलिचलचित्रका टिमले समेत उनलाई प्राथमिकताका साथ् प्रस्तुत गरे लगत्तै भीमको चर्चा थप चुलिएको थियो । पछिका दिनमा मागेर खान नहुने भन्दै युटुबर बिकासा टि भी ले डिजिटल मानिसको तौल जोख्ने मेसिन समेत भीमलाई उपलब्ध गराएको थियो । तत्पश्चात सामाजिक संजालमा भीमको घर अनि गरिबी देखे पछि सामाजिक अभियान्ता रन्जिता गुरुङले अभियान संचालन गरेर भीमलाई नया घर उपहार प्रदान गरेकी छिन । घर ३ कोठाको छ , जसमा ट्वाइलेट बाथरुम छ, भीमको बुवा आमाको लागि एक कोठा बनाईएको छ, भीमको लागि एक कोठा साथमा होम्स्टे मोडलको एक कोठा जुन पाहुनाकोलागी बनाइएको छ , जसमा पैसा तिरेर जो कोहि पनि बस्न मिल्ने बताइएको छ । घर हस्तान्तरण कार्यक्रममा भीमले भावुक हुदै यो घर आफु पछि कुनै अपाङ्ग व्यक्तिलाई हस्तान्तरण होस् भन्ने धारणा समेत ब्यक्त गरे ।
( यसै सन्दर्भमा हाम्रा पूर्वीचितवन इन्चार्ज मदन अछामीले कैद गरेको तस्बिर हेर्नुहोस)

प्रतिक्रिया

सम्बन्धित खवर